दफा ४३
डाँक थैला वा हुलाक वस्तुहरु ओसार्ने वा डेलिभरी गर्ने काममा लगाइएका व्यक्तिहरुले खराब आचरण गरेमा सजाय
: हुलाकबाट चलान गर्दाको अवस्थामा डाँक, थैला वा हुलाक वस्तु ओसार्ने वा डेलिभरी गर्ने काममा लगाइएको व्यक्तिले देहायको कसूर गरेमा निजलाई एक हजार रुपैयाँसम्म जरिवाना हुनेछः–
(क) काममा लगाइएको बखत मादक पदार्थले बेसूर भई बसेमा, वा
(ख) डाँक, थैला वा हुलाक वस्तुको सुरक्षा खतरामा पर्ने गरी हेलचक्राई वा अरु खराब आचरण गरेमा, वा
(ग) डाँक, थैला वा हुलाक वस्तु ओसार्ने वा डेलिभरी गर्ने काममा ढिलो गरेमा वा ढिलो हुने गरी यताउता घुमफिर गरेमा, वा
(घ) डाँक, थैला वा हुलाक वस्तु सुरक्षित गरी ओसार्न वा डेलिभरी गर्न मनासिव माफिक ध्यान नदिएमा र मेहनत नगरेमा ।